दुई लाख घूससहित अदालतका दोभाषे पक्राउ

काठमाडौं,कपिलवस्तु जिल्ला अदालतका दोभाषे दुई लाख घूससहित पक्राउ परेका छन्। दोभाषेका रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी)लाई अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। कुर्मीले ठगी मुद्दा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटकपटक घूस माग गरेको उजुरी परेको थियो।

उजुरीका आधारमा उनलाई दुई लाख घुसको रकमसहित बिहीबार दिउँसो कपिलवस्तु नगरपालिका(१ स्थित महामायाबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।