आगो लागेको ठाउँमा भेटियो शव
प्रकासित मिति : २०७६ फाल्गुन २८, बुधबार १८:२७
प्रकासित समय : १८:२७
नेपालगन्ज, बाँकेको जानकी गाँउपालिका ३ खजुरारोडस्थित चप्पल कारखानामा लागेको आगलागीमा परेर एकजनाको जलेको अवस्थामा शव भेटिएको छ । अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीज प्रालीमा गएराती एक बजेदेखि बुधबार विहान ७ बजेसम्म आगलागी भएको थियो ।
आगो नियन्त्रणमा आइसकेपछि सबै तिर हेर्ने क्रममा एक जनाको शव भेटिएको बाँकेका एसपी बीरबहादुर ओलीले जानकारी दिए । शव जलेको अवस्थामा भएका कारण पहिचान हुन सकेको छैन् । उद्योगमा रातीमा समेत कर्मचारीहरु काम गर्थे । होली परेकाले कति कर्मचारी थिए प्रहरीले अनुसन्धान सुरु गरिरहेको एसपी ओलीले बताए ।
आगलागीमा परी घाइते दिलिपकुमार चमारको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बिद्युत सर्ट भएर भएको उक्त आगलागीमा एक करोडबढीको क्षती भएको प्रहरीले जनाएको छ ।