विप्लव नेकपाका बाँके जनसरकार प्रमुख शाही रिहा
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण बहादुर शाही रिहा भएका छन । गैरकानुनी रुपमा गिरप्तार गरि सुर्खेत पुर्याइएका शाहीलाई प्रहरीले झण्डै एक महिनादेखि गिरप्तार गरेको थियो ।मंगलबार सुर्खेतबाट दैलेख लिने तयारी गर्दै गर्दा पत्रकार, मानवअधिकार कर्मी र परिवारले शाहीलाई प्रहरीबाट खोसेर भगाउन सफल भएका हुन । विगत ७ महिना हिरासत बसाई पछि अदालतले रिहा गरेका शाहीलाई प्रहरीले पुन पक्राउ गरेको थियो । अभद्र व्यवहारको मुद्धामा पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यलय बाँकेले फागुन २ गते ५ हजार धरौटीमा रिहा गरेको थियो । रिहा गरे लगतै परिवारको सम्पर्कमा जानै नदिए प्रहरीले फेरी पक्राउ गरेर केही समय वेपत्ता पारेको थियो ।
फागुन २ गते प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काको रोहबरमा रिहा भएका उनलाई सिभिलमा रहेको प्रहरीले परिवारको सम्पर्कमा जानै नदिई जिप्रकाबाट पक्राउ गरेको थियो । पुनः पक्राउ परेका उनलाई प्रहरीले सुर्खेत पठाएको थियो । सुर्खेत प्रहरीले पनि उनलाई लामो समय वेपत्ता पारेर परिवारलाई समेत भेट्न दिएको थिएन ।
लामो समय जिल्ला प्रहरी कार्यलय सुर्खेतको कस्टडिमा बसेका उनलाई मुद्धा चलाउने गतिलो प्रमाण नभेटिएपछि दैलेख लैजाने तयारी गरिएको थियो । उक्त कुुराको सुइको पाएको परिवारले मानवअधिकारबादी र पत्रकार लिएर जिप्रका सुर्खेत पुगेको थियो । दैलेख लिने तयारी गर्दै गर्दा पत्रकार, मानवअधिकारकर्मी र स्थानियले शाहीलाई भगाउन सफल भएका छन । उनी अहिले स्थानिय पार्टीको सम्पर्कमा गएको बुझिएको छ ।