कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो
प्रकासित मिति : २०७६ फाल्गुन २७, मंगलवार १०:४८
प्रकासित समय : १०:४८
काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ ।
११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको हो । चीनमा सबै भन्दा बढी ३ हजार १३६ जनाको ज्यान गएको छ ।
एक लाख १४ हजार ४२२ जनामा कोरोनाको केस देखिएको छ । तर उनीहरू मध्ये ६४ हजार ८१ जना निको भइसकेका छन् । जम्मा ४६ हजार ३१४ जनामा कोरोनाको संक्रमण छ । त्यसमध्ये ५ हजार ७७१ जना गम्भिर छन् ।