कोरोनादेखि बचौ र बचाऔं भन्दै नेपालगन्जमा होली मिलन कार्यक्रम

नेपालगन्ज, बाँके नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको छ । होलीको पावन अवसरमा नेपाल युवा क्लव केन्द्रिय कार्यालय र नेपाल कपडा सिलाई व्यवसायी महासंघको सयुक्त आयोजनामा नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको हो ।

सदभाव सहितको होली कोरोना भाइरसदेखि बचौ र बचाऔं भन्ने मुल नाराका साथ होली मिलन कार्यक्रमको आयोजना गरिएको नेपाल युवा क्लव केन्द्रियका अध्यक्ष मोहम्मद मोहसिन हल्वाईले बताए ।

होलीको पर्वमा रमाईलो गरि मनाउने सन्देश दिदै  सदभावको शहरमा होली रमेर खेल्नु स्रहानिय कार्य रहेको उनकाे भनाइ थियाे  । होली खेलौ तर अविरको टिका र सदभावको शहर चिनाउने गरि खेलौ नेपाल कपडा सिलाई व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सालिकराम नागबागले बताए ।

धुमधामका साथ होली पर्वलाई मनाउनु र सदभाव कायम गर्नु हामी सवैको दायित्व रहेको उकाे सभनाइ रहेकाे थियाे । देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट हामी सवै सचेत रहन जरुरी रहेको उहाँले जानकारी गराए  ।

असद ट्रेलिङग एण्ड सिलाई कटाई ट्रेनिङग सेन्टर नेपालगन्जको सहकार्यमा भएको होली मिलन कार्यक्रममा साहित्यकार, नागरिक समाज, बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन बालअधिकारकर्मी साहिल अन्सारीले गरेका थिए  ।