डियर कामरेडः कमैया बाबाको पीडाले जन्माएको ‘बिद्रोह’

३५ दिनको त्यो कालकोठरी….

सपनाको यो यात्रा अहिले पनि तेजाव गतिमा छ । निजि सम्पतीका नाममा यहि शरीर र केहिथान सन्तान बाहेक अरु क्वै छैनन् । अरे मेयर साप यो सत्य होला त ? मेरो प्रश्न अगाडि तेर्सिन्छन । कमैयाको छोरासंग के सम्पती हुनु ? जे लुटनु थियो लुटयो जिम्मेवालले ।

बाबाको त्यो लहलहाँउदो जवानी,परिबारको बिर्को नखोलिएको खुशी,असरल्ल हाँसो के के लुटनु थियो लुटयो । मेयरको कुर्सिमा बस्दै गर्दा कहिलेकाँहि बिगतले नराम्ररी तर्साउछ र जिम्मेबार गराँउछ सर । कबिर अथाब दुर्गा बहादुर थारु जिम्मेबार हुनुको मुख्य देन भनेकै घरपरिबारको पिडाको फेहरिस्त नै हो । बेला बेला त्यो आततायी बिगततिर झस्कीन्छन् मन्द मुस्कानमा प्रसंग मोडछन् ।

दुर्गाबहादुर थारु ‘कविर’ बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका मेयर हुन । कमैयाका छोरा कविर कुनै समय जनमुक्ति सेनाका कमाण्डर थिए । राज्यसत्ताको आमूल परिवर्तन गर्ने उद्घोषका साथ युद्धमैदानमा उत्रेका कविर अहिले उस्तै व्यवस्थामा एक स्थानीय सरकारको नेतृत्व गरिरहेका छन् ।

बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु कविर । बाबाको संघर्षको कथाले उनलाई अहिले पनि खसखस गराँउछ । हुनत बाबाले स्वर्गबास गरेको कयौँ बर्ष भैसक्यो । उनि १३ बर्षको हुदा बाबाको स्वर्गहारोण भयो । तर त्यो रुग्न शरीर कबिरको आखाँमा जस्ताको तस्तै उभिन्छ । बाबा जस्तै पछिल्ला दिनहरुमा उनका आँखामा बर्दियाली शहिदको प्रतिबिम्बले पछयाउछ । शहिदहरुको सपना साकार पार्ने अभियानका एक जुझारु अभियान्ता उनि जब एक्लो महुसुश गर्छन शहिद तथा बेपत्ता परिबारका काबुमा पुग्छन । शहिदका बाँकी सपना पुरा गर्ने प्रतिबद्धता जाहेर गर्छन । आफुले चलाएको सत्तालाई जनसत्तामा रुपानतरण गर्ने बाचा गर्छन ।

बाल्यकालको त्यो अमिट छाप कमैया बाबाको यातना

दाङको सौरियामा बाबा कमैया थिए । कमैया बस्नुको पिडा कमता थिएन । बाबालाई त्यो जिम्मेवालले निक्कै यातना दिन्थ्यो । एकदिन करेसाबारी बनाउने क्रमममा जिम्मेबालले बाबालाई मरणसन्न अबस्था हुने गरि कुटपिट गर्यो । बाबा रातारात भागेर बर्दिया राजापुर पुगे ।

राजापुरमा केहि आफन्तहरु बस्थे उनि आफन्तको सरणमा पुगे । केहिदिन ति आफन्तकै घरमा बसे । पछि दाङ गएर रातरात छोराछोरी लिएर भागेर राजापुर पुगे । उनले जिम्मेबालको घरबाट बिद्रोह गरे । दुर्गा थप्छन बुवाको संघर्षले हाम्रो परिबार बिद्रोही बन्यो । कम्युनिष्ट बन्ने अबसर प्राप्त गर्यो ।

यसोत दुर्गालाई राजनितिको छाप अजित शाहबाट परेको थियो । तत्कालीन एकता केन्द्र मशालबाट राजनिति गरेका अजित अध्यापन गर्थे । बाहिय रुपमा अध्यापन गरेपनि भित्र उनि कम्युनिष्टहरुको प्रचारप्रसार गर्थे । उनको प्रभाव दुर्गामा पनि पर्यो । र त कम्युनिष्ट कार्यकर्ता बने ।

त्यो दिन जब मानखोलाले बगायो….

पार्टीको काम सकेर नेपालगन्जबाट बर्दिया फकर्दै थिए । सिमलघारीमा प्रहरीसंग जम्का भेट भयो । मृगको खोजीमा रहेको सिकारी जस्तै प्रहरी तत्कालीन माओबादी कार्यकर्तालाई खोजी खोजी मार्र्थेे । दुर्गा त्यतिबेला बाँके र बर्दियाका कर्मठ कार्यकर्ता भित्र पर्थे । पार्टीको काम सकेर एकजना भोजराज नामको साथीसंग बर्दिया फर्कदै थिए ।

खजुरा सिमलघारीको जंगलमा कथाले अर्कै मोड लिन्छ । प्रहरीको गस्ती टोलीसंग जम्काभेट हुन्छ । साइकलको पछाडी बसेको भोजराज पहिलै कुलेलाम ठोक्छ । साइकल चलाइ रहेका दुर्गाको प्रहरीसंग जम्का भेट हुन्छ । कि मृत्यू कि गिरफतारी उनको अगाडि २ वटा बिकल्प हुन्छन ।

उनका अगाडी सोच्ने समय नै हुदैन । ग्रुप ग्रुप तितर बितर रहेर बसेको प्रहरीको टुकुढीलाई छक्याउने बाहान रच्छन । एउटा टुकुढीलाइ कोचिङ कलास पढनबाट आएको भन्दै लल्कार्छन । अगाडि बढछन । उनको शरिरको तडकभडकले प्रहरीहरु केहि आशंक गर्छन ।

अगाडिको ग्रुपले अलि खानतलास गर्ने ढंगले सोधपुछ सुरु गर्छ । गोजीमा पार्टीका पर्चा पम्पलेट र आबश्यक कागजजात भएकोले उनि पक्राउ पर्नेमा टुंगोमा पुग्छन । अन्तिम पल्ट सोच्छन उनिहरुको हातमा परेर मर्नु भन्दा गोली खाएर मर्नु बेश । उनको मनले फैसला गर्छ । अनि कुलेलाम ठोक्छन ।

उनलाई कुलेलाम ठोकेको देखेर प्रहरी लखेटछन । माओबादीको असली कार्यकता भएको ठहर गर्दै प्रहरी पिछा गर्छन । उनि मानखोलामा पुग्छन पारी प्रहरी वारी प्रहरी उनको अगाडि मानखोलामा हाम फाल्नुको उपाय रहदैन । आफ्नै बेगमा बगिरहेको मानखोला बगिनै रहन्छ । उनि मानखोलामा हाम फाल्छन । मानखोलाबाट बग्दै पौडदै धेरै पर पर पुग्छन । प्रहरीले गोली बसाउछन तर दुर्गालाई गोलीको कुनै प्रबाह हुदैन । उनि …..गाउँमा पुगेर बच्छन ।

३५ दिनको त्यो कालकोठरी

२०५४ साल मङ्सिरमा प्रहरीद्वारा गिरफ्तार परे ३५ दिने हिरासत पछि धौ धौ रिहा भए । उनलाई हिरासत बिद्रोह र निडर बन्ने गतिलो पाठशाला बन्यो । हिरासतका ति ३५ दिनमा उनले मानशिक मात्रै हैन शारीरीक यातना खपे । तर त्यो यातनाले उनको शरी गलेन बरु बलियो बन्यो ।

अन्यायको बिरुद्धमा जब बन्दुक बोके

देशमा माओबादी जनयुद्धको दबदबा बढदो अबस्थामा थियो । थारु समुदायको बाहुल्यता भएको बर्दिया त्यो बाट अछुत थिएन । जिम्मेबालले बाबालाई गरेको ब्यवहारले उनलाई बिद्रोही बनाएको थियो । उनि त्यसको बदला लिन चाहन्थे । सामाजमा भएका त्यस्ता जिम्मेबाल प्रबृतिका मान्छेहरुसंग मुकाबिला गर्न चाहन्थे । माओबादीले सुरु गरेको जनयुद्ध त्यसको उपयुक्त बाटो थियो ।

घरमा ठुल्दाईको प्रभाव राम्रो थियो । ठुल्दाई कठोर कम्युनिष्ट कार्यकर्ता थिए । ५१ सालको निर्वाचनमा उनि जनप्रतिनिधि समेत उठेका थिए । दाई कम्युनिष्ट बन्नुको पछाडिको अर्को कारण पनि बाबाले भागेको पिडा नै थियो । यी घटनाक्रमले उनलाई स्पात बनाएको थियो । उनि अबसरको खोजीमा थिए । माओबादी जनयुद्ध उनको सामाजीक बिद्रोहोको राजमार्ग बन्यो ।

घरको आगनीमा कामरेड बिशालले गुनगुनाएको त्यो गित

यतिबेला दुर्गाका हितैषी साथी पुष्पराज चौधरी बिशाल शहिद भैसकेका छन । सुर्खेत जेलब्रेकका कमाण्डर चौधरीले शहिदको कित्तामा नाम दर्ज गरिसकेका छन । दुर्गाका मनपर्ने साथी हुन पुष्पराज चौधरी बिशाल  कबिर र बिशाल डियर कामरेड थिए ।

जनयुद्धमा लागेका मध्य मनका मान्छे थिए, कामरेड बिशाल जो बहुप्रतिभाशाली थिए । काधमा गिटार कालजयी स्वर उनि थारु समुदायका सम्पती जस्तै थिए । संयोग बिशाल पनि माओबादी आन्दोलनमा समाहित भैसकेका थिए । एकदिन बिशाल दुर्गाको घरमा पुगे ।

भर्खरका लक्का जवान दुर्गा बिशाल आगनमा आएको देखेर बुहुत दंग परे । बिशालले एउटा क्रान्तिकारी गित गाए । गितको लयमा जिवनको लय भर्न खप्पिस बिशालले कबिरलाई संगै पुर्णकालिन बनाएरै छोडे । त्यो दिन उनको जिवनले नयाँ अभियानको औपचारीक थालनी गर्यो । २०५४ साल फाल्गुन भूमिगत भई जनयुद्धमा सक्रिय भए । 

प्रहरीसंगको त्यो जम्काभेट फेरी हिरासतमा

२०५६ साल चैत्र १ गते भूमिगत अवस्थामा बर्दियाकाे गुलरिया नजिकैबाट पुन गिरफ्तार परे । हिरासत भित्रकाे यातनाकाे कथा सुनाउन लायक नै नभएकाे उनकाे बुझाइ छ । हिरासतका ति यातनमय दिनहरू छिचाेदल्दै उनि फेरि रणमैदानमा फर्किए ।  पार्टी कामको शिलशिलामा गुलरियाबाट गिरफतार परेका उनि २०५८ साल भाद्रको पहिलो युद्धविराममा रिहा भएर थप जिम्मेबारीका साथ पार्टीको पुरानै काममा फर्किए ।

निरन्तर सपनाको यो महाअभियान….

२०७३ मा एनेकपाको केन्द्रिय सदस्य बनेका थारु २०६८ साल पौषदेखि २०६६ मङ्सिरसम्म उच्च स्तरीय भूमिसुधार आयोगको सदस्य भए । २०६८ साल मङ्सिर देखि २०७० जेष्ठसम्म सुकुम्बासी आयोगको सदस्य भएका थारु बर्दियाको पार्टीको नेतृत्व सम्हाले ।

२०७४ साल असार देखि बारबर्दिया नगरपालिकाको प्रमुखमा निर्वा्चित भइ कार्यभार सम्हालेका उनि २०७५ साल मङ्सिर देखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ५ नं प्रदेश समिति सदस्य । अहिले देशकै नमुना नगरपालिका बनाउन तल्लिन छन । समृद्धिको त्यो सपना उनको मनमा जस्ताको तस्तै छ । चुनावी घोषणपत्रमा भनिए जस्तै २ बर्षमा ६० प्रतिशत काम गरिसेकका छन ।

र पनि उनको सपनाको यात्रा निक्कै तेजाब गतिमा छ । थारु समुदायमा बंशानुगत रोगका रुपमा रहेको सिकलसेल एमिनियालाई निर्मुल पार्न जनचेतना र त्यसको उपचारको काम निक्कै प्रभावकारी बनाएर छुटै खाले प्रभाव जमाई सकेका छन । बारबर्दिया नगरपालिकामा सिकलसेल एमिनियालाई पाठयक्रममा समेत समाबेश गरिसकेका छन ।