आज देशभरको मौसम सफा रहने,

काठमाडौं,जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएको हो ।