आर्थिक हिनामिना गरेको भन्दै सिम्ता गाउँपालिका अध्यक्ष केसीलाई अख्तियारको पत्र

 बिरेन्द्रनगर, सुर्खेत आर्थिक हिनामिना गरेको भन्दै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई अख्तियार अख्तियार दुरपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकिएको स्थानभन्दा बाहिरको भूभागमा अनावश्यक डोजर चलाएर आर्थिक हिनामिना गरेको भन्ने उजुरीका आधारमा केसीलाई पत्र काटेको हो ।

पातचौर साबिक राकम गाविसको वडा नं १ गजौडा अन्तरगत पर्दछ भने अख्तियारको पत्रमा सिम्ता गाउँपालिका वडा नं १ पातचौर भनिए पनि सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माणस्थल गाउँपालिकाको वडा नं।. ६ मा पर्छ । गाउँपालिका अध्यक्ष केसीले आर्थिक वर्ष २०७५ ०७६ को युवा उद्यम कार्यक्रमको बजेट युवा उद्यमीहरुलाई नदिएर विभिन्न तालिमको नाममा रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

उक्त पत्रमा अनियमितता गरेको भनेर अख्तियारमा उजुर परेपछि हो वा होइन सोको स्पष्टीकरण माग्दै ७ दिनभित्र कागजात पेश गर्न भनेको थियोे । तर शाखा अधिकृत बिनोद सापकोटाद्वारा हस्ताक्षरित पत्र २०७६ फागुन ४ गते गाउँपालिकालाई काटिए पनि सो पत्र गुपचुप राखिएको थियोे । गाउँपालिकाका अध्यक्ष केसी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर पोखरेललाई पराजित गरेर तत्कालीन एमालेबाट बिजयी भएका थिए ।

यस्तो छ पत्र