सिन्धुलीमा बस र कार ठोक्किँदा ७ घाइते
प्रकासित मिति : २०७६ फाल्गुन २४, शनिबार १९:२९
प्रकासित समय : १९:२९
काठमाडौं , सिन्धुलीको सुनकोशी गाउँपालिका–५ खहरे खोलामा कार र बस एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी कार चालकसहित ५ जना र बसमा सवार २ जना घाइते भएका छन् । काठमाडौंबाट हलेसीतर्फ जाँदै गरेको बा ३ ख ५७०६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा २० च ३४९८ नम्बरको कार ठोक्किँदा दुर्घटना हुन पुगेको हो ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार कारमा सवार ५ जना गम्भीर घाइते छन् । बसमा सवार २ घाइते भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, खुर्कोटका अनुसार कारमा सवार ५ जना घाइतेलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।