प्रधानमन्त्री ओलीलाई अझै १० दिन आइसीयूमै राखिने
प्रकासित मिति : २०७६ फाल्गुन २४, शनिबार १९:००
प्रकासित समय : १९:००
काठमाडौं, दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमै रहने भएका छन् ।
ओलीलाई तत्कालका लागि संक्रमणको जोखिम रहने भएकाले चिकित्सकको निगरानीमा कम्तिमा १० दिन अस्पतालकै आईसीयूमै राखिने भएको हो ।
धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् ।
प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । हाल प्रधानमन्त्री अन्य बिरामीभन्दा पृथक् अत्याधुनिक आईसीयूमा भएकाले अस्पताल बसाइ अलि लम्ब्याउँदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् ।