क्याम्पस हाताभित्र प्रहरी दादागिरी, प्रमुख प्रशासकिय अधिकृतमाथि दुर्व्यवहार
कोहलपुर,बाँके कोहलपुरमा रहेको बागेश्वरी क्याम्पस भित्र प्रहरी प्रबेश गरी क्याम्पसमा दादगिरी गरेको पाइएको छ । शुक्रबार कोहलपुरमा रहेको बागेश्वरी क्याम्पस भित्र प्रबेश गरी दादागिरी गरेको क्याम्पसले जनाएको हो ।
सादा पोशाकमा रहेका प्रहरीले प्रमुख प्रशासकिय अधिकृत बेदराज लम्सालमाथि दुर्व्यवहार समेत गरेको बताइएको छ । लम्साललाई आफनै कार्यकक्षबाट फोन गर्न समेत नदिएको र अनुमति बेगर भित्र प्रबेश गरेकाे बताइएको हाे ।
बिहानैदेखी केहिसादा पोशाकका प्रहरीले अनाबश्यक बिद्यार्थीलाई तर्साइरहेको क्याम्पस प्रमुख शिशिर कुमार शर्माले कुसेन्युजसंग भने । यसरी प्रहरीले दादागिरी मच्चाउदा कसरी क्याम्पस चलाउने गार्हो भयो उनले भने ।
सादा पोशाकका प्रहरी प्रबेश गरेर अनाबश्वक मानशिक तनाब र्सिजना गरेको भन्दै यस्तो कार्य रोक्न बाँके प्रशासनसंग अनुरोध गरेको बताए ।
तर कोहलपुर प्रहरी प्रमुख कुलदिप चन्दले भने क्याम्पसभित्र प्रबेश नगरेको बताएका छन । उनले केहि प्रहरीकाे सुचिमा रहेकालाइ खाेज्न गएकाे भएपनि अनुचित कार्य नगरेकाे दावी गरे । चन्दले सामान्य मुल्य मान्यतामा ताेडने गरि प्रहरीले उक्त कार्य नगरेकाे जिकिर गरे ।

