वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी पक्राउ

काठमाडौंमहानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनुषाको मिथिला विहारी–५ स्थायी ठेगाना भएका राधे साहलाई काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो । आकर्षक तलब हुने प्रलोभन देखाएर मलेसिया तथा दुबईमा वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा पठाउने भन्दै ९ जनासँग ११ लाख लाख ४२ हजार २ सय रुपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए ।

आफूहरु ठगिएको भन्दै दर्पनारायण चौधरीलगायतले दिएको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।