गच्छदारका ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडाैँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार ती नेताको मनोनयन गरेका हुन् ।

यि हुन मनोनीत केन्द्रीय सदस्यहरू

१. रामजनम चौधरी (कैलाली)
२. मो. नसिर सिद्धिकी (सिराहा)
३. भारतेन्दुकुमार मल्लिक (झापा)
४. हेमराज तातेड (सप्तरी)
५. डा. गोपाल दहित (बर्दिया)
६. मंगलप्रसाद थारू (बर्दिया)
७. योगेन्द्र चौधरी (दाङ)
८. हरिप्रसाद न्यौपाने (मोरङ)
९. सुमित्रा थरुनी (सुनसरी)
१०. कल्पना चौधरी (सुनसरी)
११. पवनकुमार सारडा (मोरङ)