अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष शाहीलाई प्रहरीद्धारा दुर्व्यवहार
प्रकासित मिति : २०७६ फाल्गुन २३, शुक्रबार १६:५४
प्रकासित समय : १६:५४
कोहलपुर,बाँके अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिबी शाहीलाई कोहलपुर प्रहरीले दुर्व्यवहार गरेको छ । कोहलपुर प्रहरीले शुक्रबार बागेश्वरी क्याम्पसको हाताभित्र प्रबेश गरी दुर्व्यवहार गरेको हो ।

क्याम्पस समयमा आफनो कलाश लिईरहेका बेला सादा पोशाकका प्रहरी क्याम्पस भित्र पसेर दुर्व्यवहार गरेको अध्यक्ष शाहीले बताएका छन ।
उनले आफुलाई पक्राउ गर्न खोजेको भन्दै राजनितिक स्वतन्त्रतामाथी धावा बोलेको बताएका छन । शाहीले प्रहरीको ब्यवहार ज्यादतिपुर्ण रहेको भन्दै घोर निन्दा समेत गरेका छन ।
राजनितिक आस्था जुनसुकै ठाउँमा भएपनि यसरी क्याम्पसमा आएर र्दुब्यवहार गर्नु आपत्ति जनक भएको क्याम्पस प्रशासणले बताएको छ ।

