विप्लव समूहका सदस्य हतियारसहित पक्राउ
प्रकासित मिति : २०७६ फाल्गुन २२, बिहीबार १७:०६
प्रकासित समय : १७:०६
भोजपुर ,भोजपुरमा नेत्र विक्रम चन्द (विप्लप) समूहका जिल्ला सदस्य पक्राउ परेका छन्।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेका परियारलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।
परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद भएको छ। साथै परियारको साथबाट चन्दा अशुली गरेको रसिद र पार्टीका केही दस्ताबेजसमेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।