रुकुमबाट नेपालगञ्ज आउँदै गरेको फोर्स गाडी दुर्घटना

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत पुर्ब पश्चिम राजमार्गमा फोर्स गाडी दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् ।

दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ। रुकुमबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३२५५ नम्बरको फोर्सलाई नेपालगन्जबाट काकडभित्ता जाँदै गरेको ना ६ ख ५०७० बसले आज दिउसो ३ बजे अगैया र जिरोको बिचमा ठक्कर दिदा दुर्घटना भएको अस्थाई प्रहरी पोस्ट शम्शेगन्जले जानकारी दिएको छ।

घाइतेहरुलाई उपचारका लागि कोहलपुर पठाएको छ। फोर्स गाडीमा १३ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिएर अगाडी बढेको बसलाई कुसुम प्रहरीले नियन्त्रणमा लिएको छ।