मिनीट्रकले किचेर दुलेगौडामा एक मृत्यु

तनहुँ :,रड अनलोड गर्ने क्रममा मिनीट्रकले किच्दा बिहीबार दुलेगौडामा एक मजदुरको ज्यान गएको छ।

ज्यान जानेमा शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका ३५ वर्षीय केशव नेपाली रहेका छन्। रिमाल हार्डवेयरबाट सामान लोड गरिरहेको अवस्थामा पछाडिबाट आएको मिनीट्रक र रडले च्यापिएर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।

बा १ क ४९१२ नम्बरको मिनीट्रकले नेपालीलाई रडसँगै च्यापेको रेग्मीले बताए। उनका अनुसार गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो। मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। नेपाली लामो समयदेखि उक्त हार्डवेयरमा काम गर्दै आएको जनाइएको छ।