प्रधानमन्त्रीको अवस्था खतरामुक्त, एक हप्तामा डिस्चार्ज

काठमाडौं , शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको चिकित्सकले जनाएका छन्।

अहिले उनको अवस्था खतारमुक्त रहेको र एकहप्तामा अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंहले जानकारी दिइन्। उनले भनिन्,’ अब पाँच दिनमा प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न मिल्ने भए पनि उहाँ एक हप्तामा डिस्चार्ज हुनुहुनेछ’ उनले थपिन्, इन्फेक्सजन, खानपिनमा ध्यान दिनुपर्नेछ।

बिरामीलाई बाहिरको खाना खान नमिल्ने र समयमा सुत्ने गर्नुपर्ने र अझै एक महिना हाइडोजको औषधि चलाउनुपर्ने पनि उनले बताइन्। प्रधानमन्त्री ओलीलाई अहिले तरल र नरम आहार दिन शुरु गरिएको छ। चिकित्सकका अनुसार आजै बेलुकासम्म जाउलो खुवाउने तयारी गरिएको छ।

ओलीलाई आजै बिहान चिकित्सकहरुले कालो चिया पिउन दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिभुवन शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि गरिएको थियो। प्रधानमन्त्री ओलीलाई अङ्गदान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख छ। उनलाई पनि तरल र नरम आहार दिन थालिएको छ।