यौनहिंसाको आरोपमा पूर्वडीएसपी पक्राउ

काठमाडौं, युवतीमाथि यौन हिंसाको आरोपमा प्रहरीले एक प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजुलाई पक्राउ गरेको छ ।  उनलाई भक्तपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

अभियुक्त खिउजुले महानगरीय प्रहरी बृत्त चापागाउँको प्रमुख हुँदा एक युवतीलाई जागिरको प्रलोभन दिँदै यौन हिंसा गरेको बताइएको छ । उनीविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि उनी जागिरबाटै राजीनामा दिएर फरार भएका थिए ।

प्रहरीका अनुसार माघ २३ मा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा खिउजु बुधबार पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।