बुहारी हत्या आरोपमा पूर्णबहादुर लिम्बू कारागार चलान
प्रकासित मिति : २०७६ फाल्गुन २१, बुधबार १९:३४
प्रकासित समय : १९:३४
ताप्लेजुङ , बुहारी हत्याको आरोपमा पक्राउ परेका पूर्णबहादुर लिम्बूलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ।
गत माघ २४ गते पाथिभरा याङ्वरक गाउँपालिका २ थेचम्बूकी ३५ वर्षीय सुकमाया लिम्बूलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका लिम्बूलाई बुधबार पूर्पक्षका लागि कारागार चलान गरिएको हो।
४५ वर्षीय लिम्बूले जग्गा विवादमा आफ्नै बुहारीलाई धारिलो हतियार प्रहार गरेका थिए। उनलाई जिल्ला अदालत ताप्लेजुङको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।