डा युवराज खतिवडा अर्थमन्त्रीमा ; नियुक्त चार बजे शपथ

काठमाडौं , राष्ट्रपति विद्या देवी भण्डारीले डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ।

उनको आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई मन्त्री पदमा नियुक्त गर्न सिफारिश गरेका थिए।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले खतिवडाले प्रधानमन्त्री ओलीले सम्हालेकाे अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताए। अर्थमन्त्री खतिवडा राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मंगलबार मन्त्री पदबाट राजिनामा दिएका थिए।