कोरोना भाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजना भर्ना
प्रकासित मिति : २०७६ फाल्गुन २१, बुधबार २१:२२
प्रकासित समय : २१:२२
काठमाडौं,नोभेल कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारजनालाई भर्ना गरिएको छ ।
फ्रान्सबाट, दुबई, कतार र कोरियाबाट आएका एक-एकजनालाई कोरोना संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका छन् ।
फ्रान्सबाट एकजना बुधबार बिहान, बुधबार दिउँसो दुबईबाट, कतारबाट मंगलबार, कोरियाबाट सोमबार आएका एक-एकजनालाई अस्पताल भर्ना गरिएको डा. बास्तोलाले जनाएका छन् ।
“चारैजनालाई अस्पतालको आइसोलेसमा राखिएको र उनीहरु चारैजनाको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ,” उनले भने, “भोलि उनीहरु सबैको रिपोर्ट आउँछ।”
यसअघि अस्पताल भर्ना गरिएका कसैमा पनि कोरोना संक्रमण नभएको पाइएपछि डिस्चार्ज गरिएको छ ।