यसकारण विमानस्थलमै लगाइयो पूर्वराजा दम्पत्तिको निधारमा ‘टेम्प्रेचर गन’
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरस जाँच गरिएको छ। भारत भ्रमणबाट फर्कँदै गर्दा त्रिभुवन विमानस्थलमा पूर्वराजा दम्पतिको शरिरको तापक्रम जाँच गरिएको हो।दुई साताअघि पत्नी कोमलसहित भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फर्किँदै थिए। शाह दम्पत्तिको विमानस्थलका स्वास्थ्य कर्मचारीले स्वास्थ्य जाँच गरेको भिडियो सार्वजनिक भएको छ।
सम्भावित कोरोनाभाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै विमानस्थलमा शाह दम्पत्तिको स्वास्थ्यमा जाँच गरिको हो। सरकारले अहिले हवाईयात्राबाट नेपाल आउने हरेक यात्रुको शरिरको तापमान लिने गरेको छ।
विमानस्थलका कर्मचारीले तापमान नाप्न आग्रह गरेपछि पूर्वराजा शाह पनि मुस्कुराउँदै तापक्रम जाँच गर्छन्, त्यसपछि पूर्वरानी कोमलको जाँच गरिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सरोकारवाला निकायहरूलाई बोलाएर कोरोनाभाइरसको संक्रमण नेपाल नभित्रियोस भनेर सतर्कता अपनाउन निर्देशन दिएका थिए। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललको संयोजकत्वमा उच्चस्तिरीय समिति गठन पनि गरेको छ।
चीनको हुबेई प्रान्तबाट दुई महिना अघि सुरु भएको नोबल कोरोना भाइरसको सक्रमण ६५ देशमा फैलिसकेको छ। नेपालमा पनि कोरिया र चीनबाट फर्किएका चार जनामा कोरोनाको सम्भावित सक्रमणको शंकामा टेकुमा रहेको सरुवा रोग तथा ट्रपिकल सेन्टरको आइसोलेसनमा राखिएको अस्पातलका प्रवक्ता डाक्तर अनुप बाँस्तोलाले जानकारी दिएका छन्।
कोरोनाका कारण अमेरिका र अष्ट्रेलियामा पनि एक एक जनाको निधन भइसकेको छ। अमेरिकाले चीन, दक्षिण कोरिया लगायतका नागरिकलाई आफ्नो देश प्रवेशका लागि प्रतिबन्ध लगाएको छ।