चीनलगायत ५ देश उडान रोक्न सर्वोच्चको आदेश
प्रकासित मिति : २०७६ फाल्गुन १९, सोमबार १६:२४
प्रकासित समय : १६:२४
काठमाडौं, सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापान लगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट सोझै तथा ट्रान्जिट भएर आउने उडानहरुमा रोक लगाउन भनेको हो ।

