कोरोनाको त्रास : चिकित्सकलाई लामो बिदा नबस्न आह्वान

काठमाडौं , नेपाल चिकित्सक संघले चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध गरेको छ ।

संघका महासचिव बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिमको क्षेत्रमा राखेको भन्दै सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत रहन अनुरोध गरेका हुन् ।

संघले यस संक्रमणले गर्दा आउन सक्ने प्रतिकूल अवस्थाको लागि लामोे बिदामा नबस्न तथा आआप्mना कार्यक्षेत्रमा तयारीका साथ रहन पनि चिकित्सकहरुलाई आह्वान गरेको छ । संघले बिहीबार सरोकारवालासँग यसबारे अन्तरक्रिया समेत गर्ने तय गरेको रिजालले जानकारी दिए ।