६४ वर्षको उमेरमा बहुविवाह गरी फरार

सल्यान , ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले  गाउँबाटै भागेका छन् ।

टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह गरेको भन्दै श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएका छिन् । ६५ बर्षमा ३५ वर्षीया सुशीलासँग बहुविवाह गरेका  मुद्दा लाग्ने डरले सुइँकुच्चा ठोकेका हुन्।

श्रीमानले दोस्रो विवाह गरेपछि उमाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन्। बहुविवाह गरेर श्रीमान भागेपछि आफु माइतीघर छत्रेश्वरी गाउँपालिकामा बस्दै आएको उनको जानकारी दिइन्। बहुविवाह गरी फरार दुवै जनालाई प्रहरीले खोजिरहेको छ।