पूर्वमन्त्री शेर्पाले गृहजिल्ला भोजपुर अस्पताललाई दिए ३० लाख
प्रकासित मिति : २०७६ फाल्गुन १८, आईतवार १५:०८
प्रकासित समय : १५:०८
काठमाडौं , पूर्व पर्यटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपाशुर शेर्पाले गृहजिल्ला भोजपुरस्थित अस्पताललाई ३० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण प्रदान गरेका छन्।
प्रसुति सेवा सञ्चालनमा समस्या आएको गुनासो पटक पटक दोहोरिइरहेको अवस्थामा शेर्पाले ३० लाख रुपैयाँ बराबरका मेडिकल उपकरण किनेर हस्तान्तरण गरेका हुन्। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ए१ का सद्भावना दूतसमेत रहेका उनले अस्पताल सञ्चालक समितिका अध्यक्ष लक्ष्मण खड्का र सदस्य सचिव डा. पवित्रा श्रेष्ठको उपस्थितिमा उक्त मेसि हस्तान्तरण गरेका हुन्।
भोजपुर अस्पतालमा सञ्चालित प्रसुति सेवा आवश्यक जनशक्ति र प्रविधिको अभावमा नियमित हुन सकेको छैन। यस्तो अवस्थामा हस्तान्तरण गरिएका उपकरणले भोजपुरका आमा तथा शिशुको ज्यान बचाउन सहयोग पुग्ने शेर्पाले बताए।