विनयमोहन क्वात्राले नेपालका लागि भारतीय राजदूत कार्यभार सम्हाल्दै
प्रकासित मिति : २०७६ फाल्गुन १८, आईतवार ११:५५
प्रकासित समय : ११:५५
काठमाडौं , नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन् ।
राजदूत क्वात्रा बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका कर्मचारीहरुले स्वागत गरे ।
क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत रहिसकेका थिए । सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका क्वात्रा एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा सार्कमा समेत कार्यरत थिए ।
मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि नरेन्द्र मोदी सरकारले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो ।