बाँकेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन

बाँके , महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ

 

 कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् ।

तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने शाखा अधिकृत पाण्डेले जानकारी दिइन् ।