मास्क बिक्रीमा मनपरी
प्रकासित मिति : २०७६ फाल्गुन १६, शुक्रबार ०७:५२
प्रकासित समय : ०७:५२
काठमाडौं , बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २०० रुपैयाँ तिरिन्। तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्।
अहिले उनले प्रतिगोटा २० रुपैयाँ बढी तिर्नुपर्यो। फार्मेसीमा पेपर मास्क नपाएपछि फुटपाथ पसलबाट किनेको उनको भनाइ छ। ‘अरू बेला प्रतिगोटा पाँच रुपैयाँमा मास्क किनिन्थ्यो।
अहिले त्यसलाई २५ रुपैयाँ तिर्नुपर्यो,’ उनले भनिन्। खुद्रामा प्रतिगोटा पाँच र १० रुपैयाँमा पाइने साधरण मास्क अहिले उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्म तिर्नुपरेको समाचार कान्तिपुर दैनिकमा छ।