दक्षिण कोरियामा पनि कोरोना संक्रमित २ हजार ३ सय

सोल,दक्षिण कोरियामा थप ५ सय ७१ जना कोरोना भाइरस संक्रमित भएपछि संक्रमितको संख्या २ हजार ३ सय ३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रले स्थानीय समयअनुसार बिहानको १० र अपराह्न ५ बजे दुई पटक यस रोगको संक्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ ।

विश्वभरीमा कोरोनाबाट संक्रमित भएकाहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ । यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट यस भाइरसको संक्रमण शुरु भएको थियो ।