काठमाडौंको पुरानो बसपार्क नजिकै एक रेष्टुरेन्टमा आगलागी

ठमाडौं ,काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ।

प्रहरी वृत्त सिंहदरबारले जनाएअनुसार बसपार्कभित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको हो। आगलागीको कारण भने खुल्‍न बाँकी रहेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। पछिल्लो समय अधिकांश आगलागी विद्युत् सर्टबाट हुने गरेको छ।