अस्पताल पुगे उपचाररत महासचिव मैनालीलाई भेट्न ; सभामुख सापकोटा

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सवारी दुर्घटनामा परि घाईते भएका नेकपा (माले) का महासचिव, पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रवार सभामुख सापकोटा मैनाली र उहाँका परिवारका घाईते सदस्यसँगको भेटका लागि ग्राण्ड अस्पताल पुगेका थिए । उपचाररत मैनाली र उनका परिवारसँगको भेटमा सभामुख सापकोटाले स्वास्थ्यलाभको कामना गरेका थिए ।

सापकोटाले उपचारमा संलग्न चिकित्सकहरुसंग मैनाली र अरु घाईतेहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए । चिकित्सकहरुका अनुसार नेता मैनालीको स्वास्थ्य खतरामुक्त र सुधारोन्मुख रहेको छ ।