सांसद पहाडीले गरीन पायक पर्ने केन्द्रमा एसइइको परीक्षा दिलाउन माग
प्रकासित मिति : २०७६ फाल्गुन १५, बिहीबार १५:४५
प्रकासित समय : १५:४५
काठमाडौँ पुर्वमन्त्री तथा सासंद सत्या पहाडीले एसइइको परिक्षा बिद्यार्थीलाई पायक पर्ने ठाउँमा दिलाउन आग्रह गरेकी छन । प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य पहाडीले माध्यमिक शिक्षा परिक्षामा सहभागिता हुने बिद्यार्थीहरुलाई आफ्नै परिक्षा केन्द्रमा परिक्षा दिने ब्यबस्था मिलाउन आग्रह गरेकी हुन ।

पहाडीले भनिन् केन्द्राध्यक्ष र निरीक्षकलाई अन्य केन्द्रहरूमा परिचालन गर्न सकिने तर विद्यार्थीहरुलाई घर नजिकै परिक्षा केन्द्रहरूमा परिक्षा दिने ब्यबस्था गर्नुपर्छ ।
उनले बिद्यार्थीहरुलाई टाढा परिक्षा दिन जाँदा विद्यार्थीहरुलाई बिभन्न किसिमका समस्या हुने बताइन । खानेकुरा लगायतका अभावहरु झेल्ने भएकोले यसले छात्रालाई विशेष गरेर समस्या हुने उनको भनाइ थियो ।

