ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न सासंद गहतराजको माग
नेपालगन्ज, बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिद्धुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गरेका छन । गहतराजले बुधवार सदनको सुन्य समयमा बोल्दै उक्त माग गरेका हुन ।

शुन्य समयमा बोल्दै साँसद हथकले २०६६ सालमै ग्रामिण बिद्धुतिकरणको ठेक्का पाएको श्रीम् उष्मा गौरी पार्बती जेभीले ८६ लाख रुपैया मोबिलाइजेशन चार्ज भनेर लगि सकेको र हाल सम्म पनि काम नगरेको आरोप लगाएका छन ।
उनले साँसदमा सम्बन्धित सबै सरोकारवालाको ध्यान आकर्षित गराउदै ठेकेदारले १८ महिनामा काम सम्पन्न गर्ने भनि सम्झौता गरेको र बर्षौ बित्दा पनि काम गर्न नसकेकोले यथा सिघ्र ठेक्का बदर गर्नपर्ने माग जायज भएको सुनाए ।
३३ के भी प्रशारण लाइनको काम सम्पन्न भइसक्दा पनि बाँकि काम नगरि दिदा योजना अलपत्र पारेको उनले सुनाए । सासँद अथकले राप्तीपारीको बिद्धुतीकरणका लागी कुनै बाधा अवरोध नभएपनि काम नगर्ने ठेकेदारलाइ बिद्धुत प्राधिकरण ठेक्का रद्द गर्न नसकेकोमा दुख ब्यक्त गर्दै यथा सीघ्र ठेक्का रद्द गरि नयाँ प्रकियाबाट जान माग गरेका छन ।

