३० हजार घुस सहित प्रधानाध्यापक पक्राउ
प्रकासित मिति : २०७६ फाल्गुन १५, बिहीबार १६:३१
प्रकासित समय : १६:३१
दैलेख, दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।
भैरव मावि नौमुलेका प्रअ. नगेन्द्र बहादुर सिंहलाई अख्तियारको टोलीले तीस हजार घुससहित नियन्त्रणमा लिएको हो ।
प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक-पटक शिक्षकसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट खटिई गएको टोलीले तीस हजार घुस लिइसकेको ।
अवस्थामा सिंहलाई नौमुले गा.पा. वडा नं. १ स्थित एनएमबी बैंक नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।