प्रचण्ड निवास खुमलटारमा गोप्य भेला, यस्तो छ षड्यन्त्र

बुधवार नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर मंगलवार दिनभर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मुख्य दुई बैठक बसे । एउटा राजनीतिक, अर्काे ब्यापारिक घराना । दुवै बैठकको लक्ष्य एउटै थियो पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्टिय सभा सदस्यमा मनोनित गर्ने ।

मंगलबार दिउँसो चार जना ठुला ब्यापारिक घरानाका प्रमुख ब्यक्तिहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए । ब्यापारी अजयराज सुमार्गी, चौधरी ग्रुपका प्रमख तथा कांग्रेस सांसद विनोद चौधरीसहित चार जना प्रचण्ड निवासमा पुगेका थिए । ग्लोवल आइएमई बैंकका प्रमुख चन्द्र ढकाललाई पनि बोलाइएको थियो । तर उनी पुगेनन् ।

ब्यापारिक समुहसँग लगभग दुई घण्टा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले उनीहरुसँग सम्वाद गरिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए । वर्तमान अर्थमन्त्री खतिवडाका ठाउँमा गौतमलाई राष्टिय सभामा मनोनित गर्ने र उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउने बिषयमा छलफल भएको स्रोतले बतायो । प्रचण्ड निकट स्रोतकाअनुसार उपप्रधानमन्त्री बनेर गौतम जाँदा उनी कार्यबहाक बन्न सक्ने आँकलन पनि गरिएको थियो ।

प्रधानमन्त्री ओली मृगौला प्रत्यारोजनको तयारीमा छन् । त्यस बेला लामो समयसम्म कार्यबहाक गौतमलाई बनाउने गरी राष्टिय सभा सदस्य बनाउने निस्कर्ष निस्केको थियो ।

ब्यापारिक घरानासँगको छलफल पछि राजनीतिक छलफल शुरु भएको थियो । राजनीतिक छलफलमा प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम थिए । ब्यापारिक घरानासँग भएको छलफलकै आधारमा निस्कर्ष निकालेका थिए ।
बुधवार दिउँसो बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो । प्रचण्डले गौतमलाई राष्टिय सभा सदस्यमा मनोनित गर्ने प्रस्ताव गरे ।

प्रधानमन्त्री बन्न पाए मात्र राष्टियसभामा जान्छु भन्ने नमिल्ने भन्दै प्रचण्डले राष्टिय सभाका लागि प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा लगभग सवै नेता सहमत भए ।

बैठक सकिएको केही समयपछि ओलीले ब्यापारिक घरानासँगको खुमलटार बैठक थाहा पाए । लगतै उनले नेता माधवकुमार नेपाल र उपप्रधानमन्त्री इश्वर पोखरेललाई बालुवाटार बोलाए । बालुवाटारमै ओलीले ब्यापारिक घरानामा षडयन्त्रमा नफस्ने जनाउँ दिए ।

“ठूला व्यापारी घरानाहरू सरकार गिराउन लागिपरेका छन् । उनीहरूको इच्छा पूरा हुनेगरी सचिवालयका नेताहरू लागि पर्नु दुःखद् हो ” नेपालसँग ओलीले भने “यो सबै अर्थमन्त्रीलाई रोक्ने डिजाइनमा भइरहेको छ । अर्थमन्त्रीलाई ठूला व्यापारी घरानाले रुचाइरहेका छैनन् । उनीहरू सरकारै गिराउने योजनामा छन् । तपाईंहरू उनीहरूको षड्यन्त्रको मतियार बन्दै हुनुहुन्छ, ।”