नेकपा मालेका महासचिव सिपी मैनाली चढेको जिप दुर्घटनाग्रस्त
प्रकासित मिति : २०७६ फाल्गुन १५, बिहीबार १४:०७
प्रकासित समय : १४:०७
काठमाडाैँ, नेकपा मालेका महासविच सिपी मैनाली सवार जिप बिहीबार महोत्तरीको कालापानी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको छ । मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको भ्यानसँग ठोक्किएर दुर्घटनाग्रस्त भएकाे हाे ।
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईले जानकारी दिए । मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।