वीरगन्जको यातायात कार्यालयमा अख्तियारको टोली
प्रकासित मिति : २०७६ फाल्गुन १४, बुधबार १६:५१
प्रकासित समय : १६:५१
पर्सा ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जका कागजात नियालिरहेको छ।
समय समयमा भ्रष्टाचार र घूस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा अख्तियारको टोली पुगी अहिले कागजपत्र नियालिरहेको हो। ‘अहिले हेर्दैछौं, कसैलाई नियन्त्रणमा लिएका छैनौं। कागजात हेरेपछि कुनै कमजोरी भेटिए, पछि जानकारी दिन्छौं’ उनीहरूले भने।
अख्तियारमा परेको उजुरी अनुसार नियमित चेकजाँच गर्न टोली पर्साको यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले बताए। ‘अहिले छापा मारेको होइन। नियमित चेकजाँच गर्ने क्रममा कार्यालयमा परेको उजुरीअनुसार निगरानी गरिएको हो। टोलीले कुनै आधार प्रमाण फेला परे जानकारी गराउँछु’ उनले भने ।