यति समूहका शेर्पा लागुऔषधसहित पक्राउ

काठमाडाैँ,यति समूहका  सदस्य नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ गरेका छन् । नवाङ यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको शेर्पा परिवारका सदस्य नवाङ पक्राउ परेको विषय प्रहरीले गोप्य राखेको थियो। गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरूको बुधबार जिल्ला अदालतमा बयान भएको छ । ‘पक्राउ परेका चारजना मध्ये तीन जनाको बयान भएको छ’, काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले भने।

भोलि थुनछेक बहस हुने उनले बताए। नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा समेत मुछिएका थिए।

शेर्पाको पारिवारिक स्रोतका अनुसार लागु औषधको दुर्व्यसनी भएको थाहा पाएपछि उनलाई केहीअघि भारतको पुर्नस्थापना केन्द्रमा राखिएको थियो।