भ्रष्टाचार विरुद्ध अभियानको नेतृत्व ;’ रमेश खरेलले गर्ने

काठमाडौं, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक अभियान सञ्चालन हुने भएको छ ।

भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका सुशासनको पक्षमा आवज उठाउनका लागि उक्त अभियान सञ्चालन गर्न लागिएको हो । भोलि एक कार्यक्रमबाबीच उक्त अभियानको औपचारिक घोषणा गरिने भएको छ ।

अभियानमा खरेलका साथसाथै सामाजिक अभियान्ता, नागरिकसमाजका अगुवा र केही पूर्वप्रशासक समेत रहनेछन् । सरकारले सर्वेन्द्र खनाललाई २०७४ माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवागरेपछि खरेलले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । खरेलले प्रहरी संगठनका साथसाथै सर्वसाधारणमा लोकप्रियता कमाएका थिए ।