ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

अध्यक्षद्वयबीच अमेमरिकी अनुदान सहयोग एमसीसी, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको प्रधानमन्‍त्री एवं नेकपा अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

त्यस्तै अध्यक्षद्वयबीच पार्टी एकताका टुंगिन बाँकी कामबारे पनि छलफल भएको छ । शीर्ष नेताको छलफलपछि आजै नेकपा सचिवालय बैठक बस्‍ने तयारी छ।