अछाममा जिप दुर्घटना : १ जनाको मृत्य, १२ जना घाइते

अछाम, अछाममा जिप दुर्घटना हुदाँ १ जनको मृत्यु भएको छ । मृत्यु हुनेमा ढकारी गाँउपालिका ३ तालिका राम नेपाली हरेका छन् ।जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ मा से १ ज ९१० नम्बरको जिप दुर्घटना हुदाँ जिपमा सवार १३ जना घाईते भएका थिए । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल अछाममा ल्याईएको छ । नेपालीको भने उपचार हुन नसकी रिफर गर्दा उनको मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

ढकारी गाँउपालिका देखि मंगलसेन आउदै गरेको जिप वडा न ६ को वुदेखोलामा दुर्घटना हुदाँ पारु नेपाली, धनसरा नेपाली, उज्जले नेपाली, ६२ बर्षिय पहराम बुढा, साँफेबगर नगरपालिका वडा नम्बर ४ का २५ बर्षिय मुकेश सुनार, कमलबजार नगरपालिका ५ कुईकाका पार्वती गुरुङ, ढकारी ६ का टिका सुर्जी, पार्वती सुर्जी, ढकारी १ का तपेन्द्र बुढा, चालक ललि नेपाली, कैलाली बौनियाँका खकेन्द्र शुनार, पारश शुनार रहेका छन् ।

घाईते मध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ । ढकारी ६ का पार्वती सुर्जीको अवस्था चिन्ता जनक रहेको छ। घाईते सबैको जिल्ला अस्पताल अछाममा उपचार भईरहेको छ ।