सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द
प्रकासित मिति : २०७६ फाल्गुन १३, मंगलवार ०७:५६
प्रकासित समय : ०७:५६
‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे ।
चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको प्रभावले नेपालको सबैभन्दा व्यस्त र मुटु मानिएको पर्यटन बजार ठमेल शून्यजस्तै लाग्न थाल्यो ।
उनले भने,‘चीनका पर्यटकमा निर्भर ठमेल ज्याठा गल्लीका अधिकांश होटल बन्द हुने अवस्थामा छन् । बुकिङ रद्द भएपछि थप चिन्ता बढेको छ ।