इरानका उपस्वास्थ्य मन्त्री नै कोरोना भाइरसबाट संक्रमित
एजेन्सी,मध्यपूर्वी क्षेत्रमा कोरोना भाइरसको इपिसेन्टरका रूपमा देखिएको इरानका उपस्वास्थ्य मन्त्री नै कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
सोमबार पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री इरज हरिर्ची सरकार प्रवक्ता अलि रबिइसँगै उपस्थित थिए । सम्मेलनमै हरिर्चीले पटक–पटक खोक्ने, पसिना पुछ्ने गरिरहेका थिए ।
कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई परीक्षणका लागि अस्पताल लगिएको थियो । भाइरसको संक्रमण देखिएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको प्रवक्ता रबिइले बताएका छन् ।
इरानका सांसदहरूले फेबु्रअरी १३ यता अहिलेसम्म ५० जनाको भाइरसका कारण मृत्यु भएको बताएका छन् तर स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म १५ जनाको मात्र मृत्यु भएको र ९५ जनामा संक्रमण देखिएको दाबी गरेको छ ।
विशेषगरी इरानको दक्षिण पश्चिमी सहर कोमसहितका अन्य तीन सहरमा कोरोना भाइरस फैलिएको त्यहाँका अधिकारीले जनाएका छन् ।