सुनको मूल्य तोलाको ८० हजार नाघ्यो
प्रकासित मिति : २०७६ फाल्गुन १२, सोमबार ११:५६
प्रकासित समय : ११:५६
काठमाडौं सुनको मूल्य लगातार बढिरहेको छ । केही दिन यता लगातार बढिरहेको सुनको मूल्य आज तोलाको ८० हजार कटेको छ ।
यो अहिलेसम्मकै सबैभन्दा महंगो हो । सुनको भाउ तोलाको ८० हजार नाघेको हो । आज (सोमबार) तोलामा १५ सय रुपैयाँ बढेर छापावाल सुन ८० हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ८० हजार पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको हो ।