सुनको मूल्यले रेकर्ड तोड्यो , तोलामा ८० हजार

काठमाडौं,पहेँलो धातु सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । सोमबार तोलाको ८० हजार ३ सय पुगेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको मूल्य तोलाको ८० हजार ३ सय र तेजावी सुनको मूल्य ८० हजार कायम गरेको छ ।

आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १५ सयले बढेको हो । आइतबार सुनको मूल्य ७८ हजार ५ सय थियो । केहि दिन यता लगातार सुनको मूल्य उकालो लागेको छ ।

सुनको मूल्य ह्वात्तै बढेसँगै कारोबारमा भने सुस्तता आएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकिएको छ ।