महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा पूर्व असई पक्राउ
प्रकासित मिति : २०७६ फाल्गुन १२, सोमबार १९:३०
प्रकासित समय : १९:३०
काठमाडौं,आफ्नै सहकर्मी (महिला प्रहरी)लाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरीका पूर्व असई राजेन्द्र राई छन् । आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीकै एकजना महिला हवल्दारले उजुरी दिएपछि राईलाई पक्राउ गरिएको हो । महिला प्रहरी हवाल्दारले ९ महिना अगाडि राईले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।
राईले ९ महिना अगाडि नै प्रहरी सेवाबाट राजीनामा दिएका थिए । प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।