मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा पदबाट राजीनामा

क्वालालम्पुर, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच सोमबार दिउँसो महाथिरले पदबाट राजीनामा दिएका हुन् ।

स्थानीय समायानुसार उनले सोमबार दिउँसो १ बजेतिर राजदरबारमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । मलेसियाको प्रधानमन्त्री कार्यालयले महाथिरले राजीनामा दिएको पृष्टि गरेको छ । महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न पदबाट राजीनामा दिएका जनाइएको छ ।

सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका महाथिर पछिल्लो समय सन् २०१८ मा पुनः प्रधानमन्त्री बनेका थिए । चौथो प्रधानमन्त्रीका रुपमा २२ वर्ष मलेसियाको नेतृत्व गरेका महाथिरले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

तर, पछिल्लो समयको प्रधानमन्त्री कालमा उनले पार्टी भित्रैबाट विभिन्न चरणका विवादको सामाना गर्नुप¥यो ।

९४ वर्षीय महाथिरको पछिल्लो समय प्रधानमन्त्रीका अर्का आकांक्षी ७२ वर्षी अनवर इब्राहिमसँग राजनीतिक द्वन्द्व शुरु भएको थियो ।