ब्रेक फेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दिएपछि….
प्रकासित मिति : २०७६ फाल्गुन १२, सोमबार २१:२७
प्रकासित समय : २१:२७
काठमाडौं, काठमाडौंको ढुंगाअड्डामा ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ । उक्त दुर्घटनामा ४ जना घाइते समेत भएका छन् ।
घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
ट्रकले करिब एक दर्जन सवारी साधनलाई ठक्कर दिएको प्रहरीले जनाकारी दिएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।